भण्डारढिकको नयाँबस्तीबाट ड्रग्ससहित घिमिरे पक्राउ
पाेखरा | मंसिर ७, २०८१
पोखरा महानगरपालिका २९ भण्डारढिकस्थित नयाँबस्तीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको सँयुक्त टोलीले २६ वर्षीय कपिल घिमिरेलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले घिमिरेको साथबाट २ सय २८ एम्पुल डाइजापाम, २ सय १२ एम्पुल फेनेरागन र २ सय २२ चक्की ब्रुफिन गरि कुल ६ सय ६२ एम्पुल लागऔषध बरामद गरेको छ ।
पक्राउ परेका घिमिरेविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धि मुद्दामा १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

